logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • हरेक दिन एक मतदातालाई १० लाख डलर दिने मस्कको योजनाविरुद्ध अमेरिकी सरकारको चेतावनी

    हरेक दिन एक मतदातालाई १० लाख डलर दिने मस्कको योजनाविरुद्ध अमेरिकी सरकारको चेतावनी

    2.5K
    SHARES
    हरेक दिन एक मतदातालाई १० लाख डलर दिने मस्कको योजनाविरुद्ध अमेरिकी सरकारको चेतावनी

    काठमाण्डौ । अमेरिकी न्याय विभागले पूर्वराष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा इलोन मस्कले सञ्चालन गरिरहेको अभियान ‘अमेरिका पीएसी’लाई चेतावनी पत्र पठाएको छ। हरेक दिन एक मतदातालाई १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने चेतावनी दिँदै अमेरिकी न्याय विभागले पत्र लेखेको हो।



    पत्र पठाएको कुरा बीबीसीसँग सम्बद्ध सीबीएस न्युजले पुष्टि गरेको छ। इलोन मस्कको चुनावी अभियानलाई पठाइएको पत्रको जानकारी पहिलोपटक सीएनएनले सार्वजनिक गरेको थियो। इलोन मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपिल गरिएको छ। चुनाव नहुँदासम्म प्रत्येक दिन याचिकामा हस्ताक्षर गर्नेमध्ये एक विजेता छानेर १० लाख अमेरिकी डलर दिइने घोषणा मस्कले गरेका थिए।

    केही कानुनविद्ले यसअघि नै यो पुरस्कार योजना गैरकानुनी हुनसक्ने बताइसकेका थिए। यही अक्टोबर १९ मा पहिलो चिठ्ठा चेक पेन्सिलभेनियामा आयोजित कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो।


    अर्थ चाैतारी
  • विहिबार, ८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट