logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट टिकट बुकिङ गर्दा २० प्रतिशत ‘क्यास व्याक’

    एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट टिकट बुकिङ गर्दा २० प्रतिशत ‘क्यास व्याक’

    2.1K
    SHARES
    एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट टिकट बुकिङ गर्दा २० प्रतिशत ‘क्यास व्याक’

    काठमाण्डौ । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्गएप मार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक हुने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले असार १२ देखि १८ गतेसम्म लागू हुने गरी यो योजना ल्याएको हो ।



    डिजिटल बैंकिङ्गको अवधारणा अनुरुप एप मार्फत टिकट बुकिङमा पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई आईसर्भिसमार्फत अघि बढाइरहेको छ । जसअनुसार एपबाट निक्षेप खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, अनलाईन खाता खोल्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको जानकारी, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, आइपिओ आवेदन लगायतका सुविधाहरु उपभोग गर्न सक्नेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, १२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट