logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा लेखा समिति सदस्य पक्राउ

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा लेखा समिति सदस्य पक्राउ

    1.3K
    SHARES
    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा लेखा समिति सदस्य पक्राउ

    काठमाण्डौ । काठमाण्डौको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।



    उनी सहकारीको लेखा समितिकी सदस्य रहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका एक जना अधिकृतले बताए । स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न २४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

    रकम अपचलतबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

    स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थालाई केन्द्रमा राखेर काठमाण्डौ प्रहरीले अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्क प्रालि, वीरगन्ज स्थित सानो पाइला सहकारी र चितवन स्थित सहारा बचत तथा अन्य सहकारी तथा जीबीले सञ्चालन गरेको कम्पनीहरूमा पनि रकम लगेको भेटिएको छ । त्यहाँबाट कहाँ कहाँ रकम गएको छ भन्नेबारे स्वर्णलक्ष्मीलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

    स्वर्णलक्ष्मीका अध्यक्ष जीवी राई, सचिव इरान लामा, सह–सचिव कविता तामाङ, सदस्य रविना रिमाल र हेमन्त अधिकारी, व्यवस्थापक नविन अछामी र पूर्व अध्यक्ष दीपक लामा विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । कल्पना कुमारी श्रेष्ठ, पूर्व प्रबन्धक भूपेन्द्र राई लगायत २४ जना विरुद्ध पक्राउ अनुमति जारी भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २१ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट