काठमाण्डौ । आजदेखि एक सातासम्म काठमाण्डौका विभिन्न स्थाानमा विद्यत् आपूर्ति बन्द हुने भएको छ । आज बुधबार कात्तिक २८ गतेदेखि एक सातासम्म दैनिक ४ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो।
कुलेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
बुधबार, बिहीबार र शुक्रबार (२८, २९ र ३० गते) बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् हुनेछैन ।
त्यस्तै, आइतबार सोमबार र मंगलबार (मंसिर २, ३, र ४) कलंकी क्षेत्र, आइतबार पुनः कलंकीदेखि सतुंगल र सोमबार कलंकी क्षेत्रमा चार घण्टा बिजुली नहुने प्राधिकरणले जनाएको छ ।
अर्थ चाैतारी ।