logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • काठमाण्डौमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु, ४० भन्दा बढी विश्वविद्यालयको सहभागिता

    काठमाण्डौमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु, ४० भन्दा बढी विश्वविद्यालयको सहभागिता

    2.4K
    SHARES
    काठमाण्डौमा ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु, ४० भन्दा बढी विश्वविद्यालयको सहभागिता

    काठमाण्डौ। अफेयर्स नेपाल प्रालिको आयोजनामा काठमाण्डौस्थित होटल र्‍याडिसनमा बृहत् शैक्षिक मेला सुरु भएको छ।



    बिहीबारदेखि सुरु भएकोे दुईदिने ‘स्टडी इन इन्डिया एक्स्पो’ नामक शैक्षिक मेलामा भारतका ४० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहने आयोजकले जनाएका छन्। आयोजकका अनुसार एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा मेटाउन २०० भन्दा बढी कोर्सका बारेमा जानकारी प्रदान गरिनेछ। नेपाली विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो।

    शैक्षिक मेलामा नयाँ पाठ्याक्रम, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइनेछ। दुई दिनसम्म सञ्चालन हुने मेलामा ३ हजार विद्यार्थीले अवलोकन गरी भारतको नाम चलेका विश्वविद्यालयहरुका बारेमा जानकारी लिने अपेक्षा रहेको अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए।

    नेपाली विद्यार्थी र अभिभावकलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो। शैक्षिक मेलामा विद्यार्थीको रोजाइको विषय र भारतको नाम चलेका विश्वविद्यालयका बारेमा जानकारी लिने अवसर एक्स्पोले गर्ने निर्देशक थपलिया बताए। भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीसँग प्रत्यक्ष कुराकानी गरी ४० वटाभन्दा बढी प्रमुख विश्वविद्यालयको जानकारी हासिल गर्न सक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट