logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सरकारले सुरु गर्यो ‘हेल्लो स्वास्थ्य’, अब यी तरिकाले पठाउन सकिन्छ गुनासा

    सरकारले सुरु गर्यो ‘हेल्लो स्वास्थ्य’, अब यी तरिकाले पठाउन सकिन्छ गुनासा

    923
    SHARES
    सरकारले सुरु गर्यो ‘हेल्लो स्वास्थ्य’, अब यी तरिकाले पठाउन सकिन्छ गुनासा

    काठमाण्डौ । सरकारले ‘हेल्लो स्वास्थ्य’ सुरुआत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुआत गरिएको छ।



    यसका लागि निःशुल्क कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर सर्वसाधारणंले आफ्ना गुनासा पठाउन तथा स्वास्थ्य सेवाबारे जानकारी लिन सक्नेछन्।

    यसैगरी ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर): M@mohpnep, ई–मेल hellohealth@mohp.gov.np साथै सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने व्यवस्था मन्त्रालयले गरेको छ। ‘हामी तपाइँंका गुनासो सम्बोधन गर्नेछौंँ’, मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

    स्वास्थ्य सेवालाई अझ पारदर्शी र नागरिकप्रति उत्तरदायी बनाउने प्रयासमा सर्वसाधारणबाट रचनात्मक प्रतिक्रिया अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २४ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट