logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकका थप ३ शाखा सञ्चालनमा

    काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकका थप ३ शाखा सञ्चालनमा

    1.9K
    SHARES
    काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकका थप ३ शाखा सञ्चालनमा

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाण्डौ उपत्यकामा एकै दिन तीन वटा शाखा कार्यालय बिस्तार गरेको छ ।



    काठमाण्डौको ठूलो भर्याङ्ग, थली र बुढानिलकण्ठमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । यीसँगै उपत्यकाभित्र बैंकको शाखा कार्यालयको संख्या ३२ पुगेको छ । शाखामार्फत् सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

    सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट