logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • बनेपा डेन्टल केयरमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

    बनेपा डेन्टल केयरमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

    1.6K
    SHARES
    बनेपा डेन्टल केयरमा कुमारी बैंकका ग्राहकलाई विशेष छुट

    काठमाण्डौ । कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपास्थत बनेपा डेन्टल केयरबीच छुट सम्झौता भएको छ।



    कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो। यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्डबाट गर्दा जेनेरल डेन्टिस्ट्री, पेडोेडोन्टिक्स, प्रोस्टोडोन्टिक्स र इन्डोडोन्टिक्समा २०% तथा अर्थोडोन्टिक्स र डेन्टल इम्प्लान्टमा १०% छुट प्राप्त गर्न सक्नेछन्।

    यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ। कुमारी बैंकले देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४५ शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकले प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट