logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • सिभिल बैंकले रु. ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ११% ब्याज दिने

    सिभिल बैंकले रु. ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ११% ब्याज दिने

    1.8K
    SHARES
    सिभिल बैंकले रु. ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ११% ब्याज दिने

    काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ।



    बैंकले ‘सिभिल बैंक डिबेन्चर–२०८४’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत असार १६ गते सेबोनमा निवेदन दिएको हो।

    सेबोनले अनुमति दिएमा यो बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

    सिभिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट