logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • नबिल र एनबी बैंकको असार २७ बाट एकीकृत कारोबार

    नबिल र एनबी बैंकको असार २७ बाट एकीकृत कारोबार

    1.7K
    SHARES
    नबिल र एनबी बैंकको असार २७ बाट एकीकृत कारोबार

    काठमाण्डौ । नबिल र नेपाल बंगलादेश (एनबी) बैंकको एकीकृत कारोबार असार २७ गतेबाट सुरु हुने भएको छ।



    दुवै बैंकको हिजो असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो। नबिल बैंकले केही दिनअघि मात्रै बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरिसकेको छ ।

    दुवै बैंकले प्राप्ति प्रक्रिया सम्पन्न गरी नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। दुवै बैंकको गत जेठ ७ गते सम्पन्न विशेष साधारणसभा सभाले प्राप्ति प्रक्रिया पारित गरेको थियो। नेपाल राष्ट्र बैंकले यी दुवै कम्पनीको प्राप्ति प्रक्रियालाई गत असार १५ गते अन्तिम स्वीकृत प्रदान गरेको थियो। नबिलले नेपाल बंगलादेश बैंकलाई १००ः४३ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो।


    अर्थ चाैतारी
  • सोमबार, २० असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट