logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • व्यवसायी धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दर्ता

    व्यवसायी धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दर्ता

    949
    SHARES
    व्यवसायी धम्क्याएको आरोपमा प्रसाईंविरुद्ध मुद्दा दर्ता

    काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध मुद्दा दर्ता भएको हो ।



     

    प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो । प्रहरीले फुयललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो । पछि प्रसाईं सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए । प्रतिवादीमध्ये मैनाली फरार छन् । नेपाल राष्ट्र बैंकले समेत धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो ।

     

    भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले उजुरी दिएका थिए ।


    अर्थ चाैतारी
  • विहिबार, २५ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट