logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • नेपाल आयल निगमले १० अर्ब नाफा गरेको कार्यकारी निर्देशक भट्टको दावी

    नेपाल आयल निगमले १० अर्ब नाफा गरेको कार्यकारी निर्देशक भट्टको दावी

    910
    SHARES
    नेपाल आयल निगमले १० अर्ब नाफा गरेको कार्यकारी निर्देशक भट्टको दावी

    काठमाण्डौ । नेपाल आयल निगम कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगमले यस वर्ष १० अर्ब रुपैयाँ नाफा गरेको दावी गरेका छन् । शुक्रबार निगमको ५५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो दावी गरेका हुन्।



    उनले भने, ‘निगम देशको ठुलो संस्थाहरूमध्येको पहिलो ठूलो कारोबार गर्ने संस्था बन्न सफल भएको छ । हामीले १० अर्ब नाफा गर्न सफल भएका छौं ।’ कार्यकारी निर्देशक भट्टले पेट्रोलियम पदार्थको खपत बढिरहेको अवस्थामा देशको ऊर्जा सुरक्षालाई उच्च प्राथमिकता दिँदै पेट्रोलियम पदार्थको निरन्तर सहज र सुलभ आपूर्ति सुनिश्चित गरिएको बताए ।

     

    उपभोक्ताको हितलाई ध्यानमा राखी संस्थाले अन्तर्राष्ट्रिय बजारले तोकेको मूल्य र गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री वितरण गर्न सफल भएको उनको जिकिर छ। यसका साथै उनले निगमले भण्डारण क्षमता विस्तार पेट्रोलियम पाइपलाइन विस्तार र डिपोको आधुनिकीकरणका साथै मानव संसाधनको विकिस तथा सूचना प्रविधिको विकासमा जोड दिँदै निगमको सुधारका कामहरू अघि बढाइएको बताए।

     

    नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दासले विद्युतीय गाडीहरूले बजार लिए भने पाइपलाइन विस्तार कति उपयोगी हुन सक्ला भन्ने चिन्ता व्यक्त गरे ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट