logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • सनिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

    सनिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

    1.7K
    SHARES
    सनिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

    काठमाण्डौ । सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच छुट सम्झौता भएको छ। सानिमा बैंक अन्नपूर्ण केबलकारबीच सोमबार छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। यो समझदारीअन्तर्गत बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान वा डेबिट/क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।



    समझदारीपत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन्। यसका साथै सानिमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम सञ्चालनमा रहेका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २१ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट