logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • बैंकमा एकैदिन थपियो १४ अर्ब निक्षेप, सीडी रेसियो लगातार घट्दै

    बैंकमा एकैदिन थपियो १४ अर्ब निक्षेप, सीडी रेसियो लगातार घट्दै

    2.7K
    SHARES
    बैंकमा एकैदिन थपियो १४ अर्ब निक्षेप, सीडी रेसियो लगातार घट्दै

    काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेसँगै दैनिकजसो कर्जा निक्षेप अनुपात(सीडी रेसियो) समेत घटिरहेको छ ।



    चालु आर्थिक वर्षको अन्तिम महिनाको अन्तिम साताको सुरुवातमा सरकारी खर्च समेत बढ्न थालेपछि र बैंकहरुले सीडी अनुपात मिलाउने कसरत समेत तीव्र पारेसँगै त्यसको प्रभाव वित्तीय सूचकहरुमा देखिन थालेको हो । मंगलबार बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जसमध्ये १३ अर्ब रुपैयाँ वाणिज्य बैंकमा निक्षेप थपिएको छ भने अन्य वित्तीय संस्थामा १ अर्ब थप भएको छ ।

    सोमबार बैंकिङ प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको थियो । मंगलबार एकैदिन १४ अर्ब थपिएसँगै प्रणालीमा निक्षेपको कुल आकार बढेर ५० खर्ब ४७ अर्ब पुगेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा बैंकहरुको कर्जा लगानी स्थिर देखिएको छ भने वाणिज्य बैंकको कर्जा लगानी भने १ अर्बले बढेको छ। निक्षेप थपिने क्रम बढ्न थालेपछि बैंकहरुको मंगलबारसम्मको सीडी रेसियो पनि ८८.३५ प्रतिशतमा सीमित बन्न पुगेको छ । सोमबारसम्मको सीडी रेसियो ८८.५८ प्रतिशत थियो । त्यसको अघिल्लो दिन ८८.६३ प्रतिशतमा थियो ।

    मंगलबार बैंकहरुको अन्तर बैंक ब्याजदर(बैंक दर) केही बढेको छ । सोमबार ६.९९ प्रतिशत रहेको बैंक दर बढेर ७.०१ प्रतिशत पुगेको हो । सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।


    अर्थ चाैतारी
  • बुधबार, २२ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट