logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • भाटभटेनीको पासवर्ड ह्याक गरी कर विवरण बढाउने २ जना पक्राउ

    भाटभटेनीको पासवर्ड ह्याक गरी कर विवरण बढाउने २ जना पक्राउ

    845
    SHARES
    भाटभटेनीको पासवर्ड ह्याक गरी कर विवरण बढाउने २ जना पक्राउ

    काठमाण्डौ । भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीमा ह्याक गरेर अनधिकृत विवरण पेस गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आन्तरिक राजस्व विभागको पत्रपछि दुई जनालाई पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा पर्वतको बिहादी गाउँपालिका ३ घर भई चितवनको भरतपुर बस्ने २८ वर्षका सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका ४ घर भई भरतपुर बस्ने २२ वर्षका परिन पाण्डे रहेका छन्। उनीहरूले प्रयोग गरेका ल्यापटप र कम्प्युटरसहितका उपकरण पनि सीआईबीले बरामद गरेको छ। उनीहरू बिहादी बिजनेस म्यानेजमेन्ट नामक लेखा परीक्षण गर्ने कम्पनीमा आबद्ध रहेको खुलेको छ।

    माघ ५ गते आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रूपमा पहुँच पुर्‍याई भाटभटेनी सुपर मार्केटले चुक्ता गर्नु पर्ने राजस्व रकम, राजस्व कर प्रणालीमा हेरफेर गरेको प्रहरीको दाबी छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर सीआईबीलाई जिम्मा लगाइदिएको हो। उनीहरूलाई अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएर सीआईबीले अनुसन्धान गरिरहेको छ।

    अनुसन्धानका क्रममा उनीहरूले भाटभटेनीको कर दायित्व ६ करोड २६ लाख ९४ हजार १९ रुपैयाँलाई परिवर्तन गरी १३ करोड ९ लाख ५९ हजार ६०९ रुपैयाँ बनाइदिएको पाइएको छ। भाटभटेनीबाट सरकारलाई प्राप्त हुने राजस्व दायराभित्रको कारोबार २ अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ रुपैयाँ थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, ११ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट