logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • टीकापुर सरोकार समूहले वीरेन्द्र विद्यामन्दिरमा सुविधा सम्पन्न पुस्तकालय बनाउने 

    टीकापुर सरोकार समूहले वीरेन्द्र विद्यामन्दिरमा सुविधा सम्पन्न पुस्तकालय बनाउने 

    1.6K
    SHARES
    टीकापुर सरोकार समूहले वीरेन्द्र विद्यामन्दिरमा सुविधा सम्पन्न पुस्तकालय बनाउने 

    कैलाली । विभिन्न समयमा टीकापुर र टीकापुर  वरपरका क्षेत्रमा सामाजिक एवं मानवीय कार्य र परियोजना गरिरहेको टीकापुर सरोकार समूहले  वीरेन्द्र विद्या मन्दिर टीकापुरमा विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा अत्याधुनिक सुविधा सम्पन्न  पुस्तकालय,  इलेकट्रोनिक लाइब्रेरी ( e- Library )सहित  स्थापना गर्ने भएको छ । विद्यालय सुधारको एउटा महत्त्वपूर्ण प्रस्थान विन्दु पुस्तकालय  कार्यक्रम हो भन्ने लागेको एवं सरोकारवाला र विज्ञहरूले समेत पुस्तकालय आधुनिकीकरणले विद्यालयका विद्यार्थीहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने राय दिएकाले श्री वीरेन्द्र विद्या मन्दिरमा अत्याधुनिक पुस्तकालय निर्माण गर्न थालिएको समूहले एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेको  छ । जसमा पाठ्यक्रमका सहित  सयौँ महत्त्वपूर्ण  पुस्तकहरू, दश हजार भन्दा बढी ई पुस्तकहरू,  कम्प्युटरहरू, त्यसका सहायक सफ्टवेयर र अन्य उपकरणहरू, बस्ने आरामदायी कुर्सी एवं पढ्ने टेबुलहरू लगायतका सुविधाहरू स्थापित /जडान गरिने छ।



    उक्त अत्याधुनिक पुस्तकालय टीकापुर सरोकार समूहको संयोजन , नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक सहयोग मा सम्पन्न हुनेछ। पुस्तकालय  निर्माणको ऐतिहासिक कार्यमा  हामीलाई निम्न दाताहरूले सहयोग गर्नुभएको छ र उहाँहरूप्रति हामी अत्यन्त अनुग्रहसित छौँ । समूहका सचिव नवराज भट्टराईले विज्ञप्तिमा भनेका छन् । वीरेन्द्र विद्यामन्दिर माविको स्वर्ण जयन्तीको अवसरमा ” विद्यालय पुस्तकालय बिस्तार तथा आधुनिकीकरणका लागि डा. सुधीर रुपारेलिया , रुपारेलिया फाउन्डेसन , युगान्डा , अफ्रिकाले  अमेरिकी डलर ५००० ( नेरु ६८०,०००) ,  मिनबहादुर रावल , टीकापुर  रु ४ लाख र गगन फाउन्डेसन , टीकापुरले  रु . एक लाख  प्रथम चरणमा सहयोग गरेका छन् ।

    यस सामाजिक कार्यमा अहोरात्र खटेर पुस्तकालयको परिकल्पनालाई साकार बनाउनुहुने वीरेन्द्र विद्या मन्दिरका गुठियारहरू, प्राचार्य, शिक्षकहरू, युगान्डाका लागि नेपाल सरकारका मानार्थ  महावाणिज्यदूत  महामहिम डा. सुधीर रुपारेलिया, टीकापुर विकास समितिका पूर्व अध्यक्ष श्री मीन बहादुर रावल , यस योजनाका परिकल्पनाकार र समन्वयकर्ता  टीकापुर सरोकार समूहका संरक्षक हिक्मत थापा, अध्यक्ष प्रशान्त अर्याल,सदस्य विकास रावल लगायत समूहका सदस्य , शुभचिन्तक , दाताहरू र  टीकापुरका नागरिक लगायत  समस्त सहयोगी सबैमा टीकापुर सरोकार समूहले एक विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गरेको छ ।

    डा. सुधीर रुपारेलिया युगान्डाका लागि नेपालका अवैतनिक वाणिज्य दूत हुन् । उनी युगाण्डाको सबैभन्दा ठुलो औद्योगिक एवं व्यापारिक प्रतिष्ठान  रुपारेलिया ग्रुपका अध्यक्ष हुन् । मीनबहादुर रावल टीकापुर नगर तथा वीरेन्द्र विद्या मन्दिर स्थापनामा योगदान दिने प्रमुख व्यक्तित्व मध्य एक हुन्। टीकापुर विकास समितिका पूर्व योजना प्रमुख रावल विद्वान, सामाजिक चिन्तक तथा कुशल योजनाविद् तथा व्यवस्थापक हुन् । त्यसै गरी गगन फाउन्डेसन स्वर्गीय साहित्यकार तथा समाजसेवी गगनसिंह थापाको स्मृतिमा स्थापित सामाजिक संस्था हो । थापाका कर्णालीको छेउछाउ , पुर्खाको चिठी , अस्ताचलको ढोकाबाट  लगायत नौ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १३ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट