logo

२०८३ असार १६, मंगलबार

logo
  • २०८३ असार १६, मंगलबार
  • इन्भेस्टमेन्ट–मेगा मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

    इन्भेस्टमेन्ट–मेगा मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

    1.7K
    SHARES
    इन्भेस्टमेन्ट–मेगा मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले हिजो (असार २२ गते) पत्र पठाउँदै दुवै बैंकबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। पत्रमा अन्तिम स्वीकृतिका लागि दुवै बैंकले राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन पेस गर्नुपर्ने उल्लेख छ।



    उक्त निवेदनका साथ दुवै बैंकले ऋण लिएको भए ऋण दिने ऋणदाताको मर्जर कार्यका लागि दिएको लिखित सहमतिपत्रको प्रतिलिपि र गाभ्ने संस्थामा गाभिने संस्थाका कर्मचारीको पद मिलान तथा सेवासुविधा भएको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। इन्भेस्टमेन्ट र मेगाबीच गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक समझदारी भएको थियो। समझदारीअनुसार इन्भेस्टमेन्ट र मेगा बैंकबीच १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको छ।

    मर्जरपछि बैंकको नाम नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ राख्ने सहमति बनेको छ। मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे रहनेछन्। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। मेगा बैंकको चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट