logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • ३९ प्रतिशत उद्योग मात्र पूर्ण उत्पादनमा, ठूला उद्योगहरु २३ प्रतिशतले वृद्धि

    ३९ प्रतिशत उद्योग मात्र पूर्ण उत्पादनमा, ठूला उद्योगहरु २३ प्रतिशतले वृद्धि

    2.5K
    SHARES
    ३९ प्रतिशत उद्योग मात्र पूर्ण उत्पादनमा, ठूला उद्योगहरु २३ प्रतिशतले वृद्धि

    काठमाण्डौ । कोभिड-१९ को प्रभाव हालसम्म ३९ प्रतिशत मात्र उद्योगहरु पूर्ण उत्पादनमा रहेको तथ्यांकले देखाएको छ । शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ जारी गरेको केन्द्रीय तथ्यांक विभागले यस अवधिमा चारवटै औद्योगिक क्षेत्र मध्ये ३९.९ प्रतिशत उद्योगहरूले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको बताएको हो ।



    औद्योगिक सर्वेक्षण अनुसार कुल उद्योगहरु मध्ये १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५-४९ प्रतिशत र बाँकी उद्योगहरूले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिन्छ ।

    कोभिडका कारण बजार वा मागमा नै कमी आउनुका कारण ४६ प्रतिशत, कच्चा पदार्थको अपर्याप्तताका कारण १० प्रतिशत, स्रोतको कमीका कारण ८ प्रतिशत, सीपमुलक कामदारको अभावका कारण ८ प्रतिशतले उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमतामा ह्रास आएको तथ्यांकले बताएको छ ।

    तर पनि समीक्षा अवधिमा करिब २३ प्रतिशतले ठूला औद्योगिक प्रतिष्ठानहरु वृद्धि भएको तथ्यांकले बताएको छ । यश अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा करिब ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको विभागले बताएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट