logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • नबिल बैंकको कारोबार आज साँझदेखि सोमबार बिहानसम्म बन्द रहने

    नबिल बैंकको कारोबार आज साँझदेखि सोमबार बिहानसम्म बन्द रहने

    4.2K
    SHARES
    नबिल बैंकको कारोबार आज साँझदेखि सोमबार बिहानसम्म बन्द रहने

    काठमाण्डौ । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश लिमिटेडका सम्पूर्ण बैकिङ सेवा तथा कारोबार आज शुक्रबार साँझदेखि सोमबार विहानसम्म बन्द हुने भएको छ।



    नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी असार २७ गते सोमबारबाट एकीकृत वित्तिय कारोबार सञ्चालन गर्ने तयारी गरिएको छ। नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले २७ असारबाट नबिल बैंक लिमिटेडको प्रादेशिक शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन्।

    दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि शुक्रबार कार्यालय समयपछि सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द हुने बैंकले जनाएको छ। यस्तै, २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ सेवासमेत बन्द रहने छ। उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जानकारी दिएको छ।

    त्यसै गरी नेपाल बङ्गलादेश बैंकमा भने बिहीबार आज कार्यालय समय पश्चात २७ गते सोमबार बिहान कार्यालय समय अगाडिसम्म बैंकका सम्पूर्ण बैकिङ सेवा तथा कारोबार बन्द रहने छन्। उक्त समयमा नेपाल बंगलादेश बैंक लिमिटेडका क्रेडिट कार्ड भने सञ्चालनमा रहने बताइएको छ। यस्तै, साविक नेपाल बंगलादेश बैंक लिमिटेडले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकहरुलाई सूचित गरी नयाँ कार्ड उपलब्ध गराउने नबिल बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट