logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    1.8K
    SHARES
    नेपाल इन्स्योरेन्सको साढे २१ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

    काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको साढे २१ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीले संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्रीमा राखेको छ।



    बिक्रीमा राखिएको सेयरमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट र आइएमई होल्डिङको नाममा रहेको समान ७ लाख १९ हजार २०५ कित्ता सेयर रहेको छ । बिक्रीमा राखिएको यो सेयरमा हाललाई संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पेस गर्न सक्नेछन्।

    बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापकले यो सूचना जारी भएको ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, २४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट