logo

२०८३ असार १७, बुधबार

logo
  • २०८३ असार १७, बुधबार
  • सरकारकाे शुक्रबारकाे खर्च १५ अर्ब ४६ करोड रुपैयाँ

    सरकारकाे शुक्रबारकाे खर्च १५ अर्ब ४६ करोड रुपैयाँ

    1.6K
    SHARES
    सरकारकाे शुक्रबारकाे खर्च १५ अर्ब ४६ करोड रुपैयाँ

    काठमाण्डाै । संघ सरकारले एकै दिन १५ अर्ब रुपैयाँको चेक काटेको छ। शुक्रबार सरकारले १५ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी दिएको हो। आर्थिक वर्षको अन्तिम समय आएकोले सरकारले भुक्तानीलाई  तिब्रता दिएको छ।



    चालू आर्थिक वर्षमा सरकारले छुट्याएको १६ खर्ब ३२ अर्ब मध्ये आज सम्म १२ खर्ब १२ अर्ब रुपैंया अर्थात् ७४ प्रतिशत खर्च भएको छ। चालू खर्च ९ खर्ब ३८ अर्ब , विकास खर्च १ खर्ब ७४ अर्ब , वित्तिय व्यवस्थापनमा ९९ अर्ब रुपैयाँ खर्च भएको हो।

    राजश्व तर्फ भने चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा हाल सम्म १० खर्ब रुपैयाँ संकलन गरेको छ। यो अंक लक्ष्यको ८४ दशमलव ७४  प्रतिशत रहेको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ।


    अर्थ चाैतारी
  • शनिबार, २५ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट