काठमाण्डौ । बैंकहरू धमाधम मर्जरमा लागिरहँदा हिमालयन बैंक संग अन्तिम अवस्थामा रहेको सिभिल बैंक एकाएक सिटिजन्स बैंक संग १ः१ स्वाप रेसियोमा मर्जरमा जाने भएको छ । सिभिल बैंक स्रोतका अनुसार मर्जरका लागि विभिन्न हिमालयन बैंकसँगको १००ः९५ को स्वाप रेसियोमा असहमती जनाएको सिभिल बैंकले १ः१ १ः१ स्वाप रेसियोमा सिटिजन्स बैंकसंग मर्जरमा जाने सहमती निजक पुगेको स्रोतले जनाएको छ ।
बुधबारका लागि तय गरिएको हिमालयन र सिभिलको मर्जर सम्झौता शुक्रबारका लागि सारिएको थियो । आन्तिरीक रुपमा स्वाप रेसियोमा असहिमति जनाउँदै आएका सिभिल बैकका संचालकहरुले १ः१ अनुपातको स्वाप रेसियो माग गर्दै आएका थिए । सिटिजन्स बैकले १ः१ अनुपातको स्वाप रेसियो स्विकार गरे संगै शुक्रबार हुने भनिएको हिमालयन र सिभलिको मर्जर भाँडिएको हो ।
सिभिल र सिटिजन्स बैंक १ः१ को अनुपातमा आउँदो साता नै दुई बैंकबीच मर्जरका लागि औपचारीक सहमति पत्रमा हरुताक्षर हुने स्रोतले बताएको छ । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बिग मर्जरलाई प्रोत्साहन गर्दै छुट तथा विभिन्न सुविधाको घोषणा गरेको थियो। यस्तो सुविधा चालु आर्थिक वर्षको अन्त्यसम्म मात्रै लागु हुने राष्ट्र बैंकले जनाइसकेको छ। राष्ट्र बैंकले दिएको सुविधा लिनकै लागि बैंकहरूले असार मसान्तभित्रै मर्जरका लागि प्रारम्भिक सम्झौता गर्दै राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ। राष्ट्र बैंकले मर्जरमा नजाने बैंकमाथि थप कडाइसमेत गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ०हरूलाई निर्देशन दिएका थिए। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रिक नीतिमार्फत सुविधा कटौती गर्नेसम्मको चेतावनी दिएका थिए। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभावले गरेको अध्ययन प्रतिवेदनले नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीतिमार्फत घटाउने र बलिया बैंक बनाउनुपर्ने निष्कर्ष निकालेको थियो। राष्ट्र बैंकको चेतावनीसँगै अधिकांश बैंकले मर्जरका लागि पार्टनर खोजिरहेका हुन्।
सिटिजन्स र सिभिल बैंक मर्ज हुँदा सवा २३ अर्ब चुक्ता पुँजी
सिटिजन्स र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २३ अर्ब हुनेछ। सिभिल बैंकले गत चैत मसान्तसम्म ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।
सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ। वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। बैंकको पछिल्लो ५२ हप्तामा ३ सय १६ रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १ सय ९६ रुपैयाँ रहेको थियो। सिटिजन्स बैंकले ९ महिनामा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी १४।९३ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ।
अर्थ चाैतारी ।