logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • शिक्षक हत्याको जिम्मा लिदै विप्लव समूहको विज्ञप्ति

    शिक्षक हत्याको जिम्मा लिदै विप्लव समूहको विज्ञप्ति

    • GP Paudel
    • बुधबार, २४ मंसिर २०७७
    5.3K
    SHARES
    शिक्षक हत्याको जिम्मा लिदै विप्लव समूहको विज्ञप्ति

    नेपाल ज्योति-विप्लव समूहले शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएको छ।



    प्रतिवन्धित नेकपा माओवादी विप्लव समूहका मेची कोसी व्युरो इन्चार्ज प्रताप भन्ने थमनसिंह राईले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकको हत्या गरेको पुष्टि गरेका हुन्।

    उनले शिक्षक श्रेष्ठले विप्लव समूहको सुराकी गरेको र पटक पटक मौका दिँदा पनि नसुध्रिएकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

    स्थानीयका अनुसार सरस्वती आधारभूत विद्यालयका शिक्षक समेत रहेका श्रेष्ठको घरमा बिहानै ५ जनाको समूहमा पुगेका विप्लवका कार्यकर्ताले श्रेष्ठलाई हात बाँधेर घरबाट लगेका थिए।

    घरबाट पश्चिमतर्फ रहेको जंगलमा लगेर अगाडिबाट घाँटी रेटेर हत्या गरेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

    शिक्षक श्रेष्ठलाई लगेको केही समयपछि खोज्दै गएका ७ जना स्थानीयले श्रेष्ठको शव लुगाले ढाकिएको अवस्थामा फेला पारेका थिए।

    स्थानीयले सुरुमा गोली हानी हत्या गरेको भनेपनि उनको घाँटी रेटेर हत्या गरेको पुष्टि भएको हो।


    GP Paudel
  • बुधबार, २४ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट