logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

    कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

    • GP Paudel
    • शनिबार, २७ मंसिर २०७७
    2.7K
    SHARES
    कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

    काठमाडौं-नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधनमा शोकप्रस्ताव पारित गर्नका लागि बैठक बोलाइएको हो।



    पार्टी केन्द्रीय कार्यालयमा विहान १० बजेका लागि बैठक बोलाइएको छ। श्रेष्ठको ८० वर्षको उमेरमा निधन भएको थियो। मस्तिष्कमा रक्तश्राव भई उपचारका क्रममा शुक्रबार काठमाडौं मोडेल अस्पतालमा उनको निधन भएको थियो।

    पार्टीको एघारौं महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा उनी केन्द्रीय सदस्य भएका थिए। २०१८ सालमा पञ्चायती व्यवस्थाको विरोध गर्दा उनी बमकाण्डमा पक्राउ परेका थिए। ११ वर्ष भन्दा बढी समयसम्म जेल जीवन विताएका श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं ३ बाट उम्मेदवार बनेका थिए।
    श्रेष्ठको एक छोरा र तीन छोरी छन्।


    GP Paudel
  • शनिबार, २७ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट