logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • कुमारी बैंकलाई साउदीबाट आयो सिस्टम ह्याक गर्ने इमेल, बैंकहरु बने चनाखो

    कुमारी बैंकलाई साउदीबाट आयो सिस्टम ह्याक गर्ने इमेल, बैंकहरु बने चनाखो

    2.7K
    SHARES
    कुमारी बैंकलाई साउदीबाट आयो सिस्टम ह्याक गर्ने इमेल, बैंकहरु बने चनाखो

     



    काठमाडौं । कुमारी बैंकलाई साउदीबाट बैंकको सिस्टम ह्याक गर्ने इमेल आएको छ । केही समय अघि पनि ह्याकरहरुले यस्तै इमेल आएको थियो ।

    कुमारी बैंकले इमेल आएको जानकारी राष्ट्र बैंकलाई गराएको छ । कुमारी बैंकले साउदीबाट ह्याक गर्ने इमेल आएको र ह्याकरले सिस्टम नै ह्याक गर्ने प्रयास गरेका थिए । फायरवालको कारण ह्याकरले ह्याक गर्न नसकेको र उच्च सर्तकता अपनाएका छन् ।

    कुमारी बैंक स्रोतका अनुसार इमेल आएपछि बैंकले राष्ट्र बैंकमा जानकारी गराएको थियो । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आफ्नो प्रणाली चनाखो भएर हेर्नको लागि मौखिक रुपमा जानकारी गराएको थियो । बिहीबार बिदाको दिन भएपनि कुमारी बैंकमा आएको इमेलपछि बैंकका उच्च अधिकारी आफै सर्तक बनेका थिए । कुमारी बैंकको वेवसाइट भने अहिले चलेको छैन ।

    नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले कुमारी बैंकमा ह्याक गर्ने इमेल आएको र प्रणाली सुरक्षित भएको जानकारी दिए । ‘साबइर सेक्युरिटीको विषयमा बैंकहरु जहिलेपनि चनोखो नै भएर बसेका हुन्छन्, इमेल आएपछि झनै चनखो बन्ने स्वभाविक नै हो, हाम्रो प्रणाली सुरक्षित छ,’ भट्टले भने । कुमारी बैंकले इमेल आएपछि बैंकका केही सिस्टम अफ गरेको छ । अन्य बैंकहरुले पनि आफ्नो प्रणाली डाउन गरेर सुरक्षित बनाउन चेक गरेका थिए ।

     


    अर्थ चाैतारी
  • विहिबार, १५ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट