logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • पोखरा विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन, लागतमा कामना सेवाको सहकार्य

    पोखरा विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन, लागतमा कामना सेवाको सहकार्य

    507
    SHARES
    पोखरा विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन, लागतमा कामना सेवाको सहकार्य

    काठमाण्डौ । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म आवतजावत गर्ने हवाई यात्रुका लागि भरपर्दो, विश्वसनीय र सुलभ यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको सञ्चालन लागतमा कामना सेवा विकास बैंकले समेत सहकार्य गर्ने भएको छ ।



    महानगरपालिकाले वडा नम्बर १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंहचोकसम्म दैनिक दुईवटा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने बसले यात्रुलाई मुख्य सडकसम्म पुग्न सहज सेवा प्रदान गर्नेछ ।

    हाल विमानस्थलदेखि मुख्य सडकसम्म पुग्न करिब दुई किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेकाले यात्रुले सास्ती भोग्दै आएका थिए । सो समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले आगामी २०८३ असार मसान्तसम्म सम्पूर्ण यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउने गरी योजना अघि बढाएको हो ।

    बस सञ्चालनको लागत साझेदारीसम्बन्धी सम्झौतापत्रमा पोखरा महानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र कामना सेवा विकास बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालले हस्ताक्षर गरेका छन् ।

    सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै क्षेत्रीय प्रमुख ढकालले स्थानीय सरकारले आमसर्वसाधारणका लागि सञ्चालन गर्ने यस्ता कार्यमा बैंकले सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि महानगरपालिकासँग सहकार्य जारी रहने बताए ।

    निःशुल्क सटल बस सेवामा सहयोग गरेकोमा महानगरपालिकाका कार्यकारी अधिकृत पोखरेलले बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।

     


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट