logo

२०८१ माघ ९ बुधबार

logo
  • बुधबार, ९ माघ २०८१
  • Advertisment

    बिपीको मेलमिलाप नीतिकै जगमा वर्तमान परिवर्तन सम्भव भयो: प्रधानमन्त्री देउवा

    बिपीको मेलमिलाप नीतिकै जगमा वर्तमान परिवर्तन सम्भव भयो: प्रधानमन्त्री देउवा

    • arthachautari
    • शुक्रबार, १६ पुष २०७८
    1.4K
    SHARES
    बिपीको मेलमिलाप नीतिकै जगमा वर्तमान परिवर्तन सम्भव भयो: प्रधानमन्त्री देउवा

     

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा ​लोकतन्त्र बहाली हुँदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।

    ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समेत रहेका देउवाले बिपी कोइरालाको उक्त नीतिको जगमा वर्तमान परिवर्तन सम्भव भएको बताएका हुन् । काँग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको त्याग, संघर्ष र योगदानप्रति उनले उच्च सम्मान प्रकट गरेका छन् ।

    ‘२०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रेय नेताहरुले  ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो । उहाँहरुको  राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो।  आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु,’ उनले लेखेका छन्  ।

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।


    arthachautari
  • शुक्रबार, १६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट