देशभर ११६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति?

  • January 2, 2022

काठमाडौं । हाल नेपालमा ११६ जना कोरोना संक्रमित विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।

मन्त्रालयको शनिबारको तथ्यांक अनुसार देशभर ८९ कोरोना संक्रमित आईसीयूमा र २७ भेन्टिलेटरमा गरी कुल ११६ जना उपचाररत छन्।मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ९ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन्। यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६५ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचारत छन्।

images

गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै लुम्बिनी प्रदेशमा १० जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै सुदुरपश्चिममा १ जना आईसीयूमा उपचाररत छन्।