logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • ५ हजार डलर माथि नगद ल्याए भन्सार घोषणा गर्नुपर्ने

    ५ हजार डलर माथि नगद ल्याए भन्सार घोषणा गर्नुपर्ने

    3.5K
    SHARES
    ५ हजार डलर माथि नगद ल्याए भन्सार घोषणा गर्नुपर्ने

    काठमाडौँ । विदेशमा आयोजना हुने विभिन्न प्रदर्शनी, व्यापारमेलामा वस्तु बिक्री गरेर आर्जन गरेको ५ हजार अमेरिकी डलर (वा अन्य परिवर्त्य मुद्रामा) सो भन्दा माथि नगद भित्र्याउँदा भन्सार घोषणा गर्नुपर्ने भएको छ ।

    नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले गरेको परिपत्र अनुसार, सम्बन्धित निकायको स्वीकृतिमा व्यापार मेलामा जानेले मेलामा व्यापारबाट आर्जन गरेको प्रमाणित हुने आवश्यक कागजात समेत आवश्यक हुने उल्लेख छ ।

    प्रदर्शनी, व्यापारमेलामा वस्तु बिक्रीवापत प्राप्त भएको प्रमाणित हुने आवश्यक कागजात समेतको आधारमा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको उक्त निर्यातकर्ताको विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

     


    अर्थ चाैतारी
  • आइतबार, २५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट