logo

२०८२ बैशाख २८ आइतबार

logo
  • आइतबार, २८ बैशाख २०८२
  • सरकारले गर्‍यो ६ सचिवको सरुवा, निर्णय गोप्य राखियो

    सरकारले गर्‍यो ६ सचिवको सरुवा, निर्णय गोप्य राखियो

    3.4K
    SHARES
    सरकारले गर्‍यो ६ सचिवको सरुवा, निर्णय गोप्य राखियो

    काठमाडौं । सरकारले दुई जना सचिवको दरबन्दी सिर्जना गर्दै ६ जना सचिवको सरुवा गरेको छ। गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई ९प्राविधिकरप्रशासन० पद थपसहित ६ जना सचिवहरूको सरुवा गरेको एक मन्त्रीले बताए।



    सरुवा हुनेमा प्रदेश १ का प्रमुख सचिव किरणराज शर्मा छन्। उनको रक्षा मन्त्रालयमा सरुवा भएको छ। त्यस्तै प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।

    यसैगरी, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन्। उनको स्थानमा खारेज भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीलाई सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए।

    सरकारले एक जना प्राविधिक सचिवको दरबन्दी थपसहित प्रशासनतर्फ विशेष सचिवको व्यवस्था गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै प्राविधिक सचिव दरबन्दी खडा गरी त्यहाँ यसअघि शहरी विकास मन्त्रालयमा रहेका सचिव रमेश सिंहलाई सरुवा गरिएको छ। यसैगरी, स्वास्थ्य मन्त्रालय हेर्नेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका खगेन्द्र प्रसाद नेपालका लागि विशेष पद सिर्जना गरिएको छ।


    अर्थ चाैतारी
  • आइतबार, २५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved