logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन हुँदैन: अर्थ मन्त्री शर्मा

    संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन हुँदैन: अर्थ मन्त्री शर्मा

    4.8K
    SHARES
    संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन हुँदैन: अर्थ मन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताएका छन् ।



    सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना संक्रमण नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताएका हुन् ।

    ‘अब हामी लकडाउनको बाटो अपनाउनु हुँदैन,’ उनले भने, ‘फेरि लकडाउनको आशंका नगर्नु ।’ उनले थला परेको अर्थतन्त्र भर्खरै चलायमान हुन थालेकाले अन्य उपाय अवलम्बन गर्नुपर्ने बताए । ‘कोरोना महामारीका कारण धेरै समस्या भएको हो,’ अर्थमन्त्री शर्माले भने, ‘अहिले फेरि लकडाउन हुने हो कि भन्ने आशंका गरिएको छ, त्यो बाट‍ो अब हिँड्नु हुँदैन ।’


    अर्थ चाैतारी
  • सोमबार, २६ पुस २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट