logo

२०८३ असार १३, शनिबार

logo
  • २०८३ असार १३, शनिबार
  • ९ कम्पनीको साढे ११ अर्बको आईपीओ बोर्डबाट स्वीकृत

    ९ कम्पनीको साढे ११ अर्बको आईपीओ बोर्डबाट स्वीकृत

    10K
    SHARES
    ९ कम्पनीको साढे ११ अर्बको आईपीओ बोर्डबाट स्वीकृत

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले नौ कम्पनीको साढे ११ अर्ब बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) लाई स्वीकृत गरेको छ।



    बोर्डले ङादि हाइड्रोपावर लिमिटेड, साहस ऊर्जा, बुद्धभूमि, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेस्डो समृद्ध लघुवित्त, जल्पासामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको आईपीओलाई निष्काशनको स्वीकृति दिएको हो। अनुमति दिएकामध्ये ५ वटा जलविद्युत्, तीनवटा लघुवित्त र एउटा लगानीसम्बन्धी कम्पनी रहेका छन्। बोर्डका अनुसार ङादिको स्थानीय र सर्वसाधारणका लागि ढेढ अर्ब रुपैयाँबराबरको डेढ करोड कित्ता, साहसको साढे ३ अर्बको साढे ३ लाख कित्ता, बुद्ध भूमिको ४० करोडको ४० लाख कित्ता, बलेफीको १ अर्ब ८२ करोडबराबरको १ करोड ८२ लाख कित्ता आईपीओ स्वीकृत भएको छ।

    त्यसैगरी ग्रिन भेन्चरको ३ अर्ब १२ करोडबराबरको ३ करोड १२ लाख कित्ता, नेस्डोको साढे २५ करोडबराबरको साढे २५ लाख कित्ता, जल्पासामुदायिकको १६ करोडबराबरको १६ लाख कित्ता, राष्ट्र उत्थान लघुवित्तको २६ करोडबराबरको २६ लाख कित्ता र इमर्जिङ नेपालको ५५ करोड ५६ लाखको ५५ लाख ५६ हजार कित्ता आईपीओ स्वीकृत भएको छ। यी सबैको प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ हुनेछ। बोर्डले कुल नौ कम्पनीको ११ अर्ब ५८ करोड ३५ लाख ७० हजार रुपैयाँबराबरको ११ करोड ५८ लाख ३५ हजार ७ सय कित्ता सेयर रहेको छ।


    अर्थ चाैतारी
  • सोमबार, १० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट