logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

    प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

    4.5K
    SHARES
    प्राइम लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना

    काठमाडौं । बीमा कम्पनीहरुको नियामकीय संस्था बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराउने भएको छ।



    बीमा समितिले समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण प्राइम लाइफ इन्स्योरेन्स कं। लि। लाई १० हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। समितिबाट प्राइम लाइफ इन्स्योरेन्स कं। लि।को स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएसँगै जरिवानाको निर्णय गरेको प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।

    उनका अनुसार सो कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हितविपरीत नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम उक्त कम्पनीलाई १० हजार जरिवाना गर्ने निर्णय गरिएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, १६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट