logo

२०८३ असार २, मंगलबार

logo
  • २०८३ असार २, मंगलबार
  • वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

    वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

    4.9K
    SHARES
    वैशाख ३० मा निर्वाचन गर्ने निर्णयविरुद्ध परेको रिट सर्वोच्चद्वारा दरपीठ

    काठमाडौं । सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि यसविरुद्ध दायर भएको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको छ।



    ५ वर्ष पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर समृतकुमार साहको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको हो। मेयर साहको तर्फबाट सबि हाडाले मंगलबार सर्वोच्चमा रिट पेस गरेका थिए। तर सर्वोच्चले बुधबार उक्त रिट दरपीठ गरिदिएको हाडाले जानकारी दिए।

    रिटमा वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरेका थिए। तर सर्वोच्चले उनको माग अस्वीकार गरेको हो। सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो।

    निर्वाचन आयोगसँग छलफल गरेर गत सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको थियो। यसअघि २०७४ वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा स्थानीय तह निर्वाचन भएको थियो।


    अर्थ चाैतारी
  • बुधबार, २६ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट