logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • इमर्जिङ नेपालको आईपीओ ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड, अहिलेसम्म कति पर्यो आवेदन ?

    इमर्जिङ नेपालको आईपीओ ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड, अहिलेसम्म कति पर्यो आवेदन ?

    7.8K
    SHARES
    इमर्जिङ नेपालको आईपीओ ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड, अहिलेसम्म कति पर्यो आवेदन ?

    काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिनसम्म ४०.५८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। गत माघ २६ गतेबाट यो कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ।

    जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कम्पनीले कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

    सीडीएससीका अनुसार शुक्रबार साँझ ५ बजेसम्म इमर्जिङ नेपालको आईपीओमा १८ लाख २ हजार १८२ आवेदकबाट कुल २ करोड ९ लाख ६९ हजार १९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ४०.५८ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ। जसमा भाग्यमानी ५१ हजार ६७० आवेदकले १० कित्ता दरले सेयर पाउनेछन् भने तिनैमध्ये ८ आवेदकले थप १/१ कित्ता सेयर पाउनेछन्।

    यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ। यो आईपीओमा निष्कासन बन्द छिटोमा फागुन १ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। इमर्जिङ नेपालको आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।


    अर्थ चाैतारी
  • शुक्रबार, २८ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved