logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • ग्रीन भेन्चर्सको आईपीओमा आवेदन खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

    ग्रीन भेन्चर्सको आईपीओमा आवेदन खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

    2.8K
    SHARES
    ग्रीन भेन्चर्सको आईपीओमा आवेदन खुला, कति कित्तासम्म भर्न पाइन्छ ?

    काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आज फागुन २ गतेबाट आईपीओमा आवेदन खुला गरेको छ।



    कम्पनीले जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता आयोजना प्रभावित ओखलढुंगा र रामेछापका स्थानीयका लागि निष्कासन गरेको हो। यो आईपीओमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा लिखु गाउँपालिका वडा नंं ९ का स्थानीय र रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं। १ र २ तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ का स्थानीयले आवेदन दिन सक्नेछन्।

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आवेदन रामेछापको मन्थलीस्थित लक्ष्मी बैंक र मेगा बैंक र लिखुस्थित नेपाल इन्भेस्टमेन्ट बैंक तथा खिजिदेम्बास्थित मेगा बैंकबाट आवेदन दिन सकिनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन १६ गते र ढिलोमा चैत १ गते बैंकिङ बन्द हुनेछ।

    यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो। पहिलो चरणमा स्थानीयलाई आईपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी पुँजी ३ अर्ब १२ करोड रुपैयाँमध्ये १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ३१ लाख २५ हजार कित्ता निष्कासन गर्नेछ।


    अर्थ चाैतारी
  • सोमबार, २ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved