logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • एकैदिन १६०० घट्यो सुनको मूल्य

    एकैदिन १६०० घट्यो सुनको मूल्य

    2.2K
    SHARES
    एकैदिन १६०० घट्यो सुनको मूल्य

    काठमाडौं । आज बुधबार सुनको मूल्य १६०० ले घटेको छ । रुसले मंगलबारदेखि युक्रेनको सिमाबाट सेना फर्काउने प्रक्रिया सुरू गर्ने जनाएको थियो । रुसको उक्त घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि घटेको हो ।



    आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो । यस्तै, महासंघले हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम रहेको जानकारी दिएको छ ।

    यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । हिजो मंगलबार तोलामा १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८५ रुपैयाँ कायम छ ।


    अर्थ चाैतारी
  • बुधबार, ४ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved