images
images

राष्ट्र उत्थान लघुवित्तको आइपीओमा ३८ गुणा बढी आवेदन

  • February 21, 2022
images
images

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मागभन्दा ३८.३० गुणा बढी आवेदन परेको छ। लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो।

कम्पनीको सेयरमा कुल २६ लाखभन्दा बढी आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङका अनुसार आइतबार साँझ साढे ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ अर्ब ४ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता सेयरको लागि आवेदन परेको हो। लघुवित्तले फागुन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो (फागुन ८ गते) अन्तिम दिन थियो।

images

लघुवित्तले निष्कासन गरेको कुल ८ लाख ५० हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने थियो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हाल १७ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँटपश्चात २६ करोड पुग्नेछ।