logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • शिक्षकहरुलाई यस्तो आयो खबर, अब निजामति सरह सेवा सुविधा पाउने

    शिक्षकहरुलाई यस्तो आयो खबर, अब निजामति सरह सेवा सुविधा पाउने

    38.1K
    SHARES
    शिक्षकहरुलाई यस्तो आयो खबर, अब निजामति सरह सेवा सुविधा पाउने

    काठमाडौं । विद्यालयमा अध्यापन गराउने शिक्षकले लामो समय देखि माग गर्दै आएको निजामति सरहको सेवा सुविधा अब पाउने भएका छन् । शिक्षक सेवा पास गरेर विभिन्न तहमा अध्यापन गराइ राखेका शिक्षक र लोक सेवा पास गरेका निजामति कर्मचारीहरुमा समान तहमा समेत सेवा सुविधामा भारी फरक रहेको थियो ।

    सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा एक कार्यक्रमका विच मन्त्रालय र शिक्षक महासंघ विच सम्झौता भएको छ । २०७८ कार्तिक २८ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा गठिक कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार सोमबार मन्त्रालयमा मन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका अध्यक्ष कमला देवी तुलधरले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

    अब प्राथमिक तहका शिक्षकहरुले निजामति सेवा अनुरुप खरिदार सरहको सेवा सुविधा पाउने भएका छन् । त्यस्तै निम्न माध्यामिक तहका शिक्षकहरुले नयाब सुब्बा सहरको सुविधा र माध्यामिक तहका शिक्षकले शाखा अधिकृत सरहको सेवा सुविधा पाउने छन् । शिक्षकहरुले अब बैठक भत्ता, ड्रेस भत्ता, दुर्गाम भत्ता, लगाएका भत्ताहरु पाउनेछन् । त्यस्तै निजामति सरहकै तलब र विदा समेत पाउने छन् ।

     

    No description available.


    अर्थ चाैतारी
  • २०७८ फागुन १०, मंगलबार
  • सम्बन्धित समाचार