logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, बिनापासपोर्ट र टिकटका व्यक्ति बिजनेस क्लासमा

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, बिनापासपोर्ट र टिकटका व्यक्ति बिजनेस क्लासमा

    12K
    SHARES
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा, बिनापासपोर्ट र टिकटका व्यक्ति बिजनेस क्लासमा

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चरम लापरबाही भएको पुष्टि हुने एक घटना बाहिरिएको छ। पासपोर्ट र टिकट समेत नभएका व्यक्ति दर्जनौं प्रहरी र अध्यागमनको चेकपोष्ट छल्दै कतार जाने विमानको बिजनेस क्लासमा चढेको पाइएको छ।



    घटना फागुन ९ गते राति पौन ११ बजेतिरको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा जान लागेको नेपाल वायुसेवा निगमको जहाजमा एक युवक चढेका थिए। विमानका कर्मचारीले उनको कागजात जाँच गर्ने क्रममा पोसपोर्ट, टिकट समेत नपाइएपछि विमानस्थल सुरक्षामा चरम लापरबाही भएको पाइएको थियो।

    कागजात नभेटिएपछि ती युवकलाई विमानबाट झारिएको थियो। यसरी बिना कागजात विमानसम्म पुगेर कतार उड्न लागेको जहाज चढ्ने व्यक्ति थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी यसरी बिना कागजात विमानमा चढेको यो पहिलो घटना भने होइन। करिब एक महिना अघि पनि उनी यसैगरी विमानमा चढेका थिए। यसले विमानस्थल सुरक्षामा चरम लापरबाही रहेको देखिएको छ।

    सुरक्षाकर्मीको घेरो छल्दै विमानमा चढेका आलमलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त गौशलामा राखेर अनुसन्धान सुरु गरिएको छ। आलमको मानसिक अवस्था ठीक नभएको प्रहरी स्रोतका भनाइ छ। उनी काटेश्वरतर्फको बारबाट प्रवेश गरेको पाइएको प्रहरीले जनाएको छ। विमानस्थलको बाहिरी पेरिमिटरको सुरक्षा जिम्मा सेनाको भएकाले सेनाकै कमजोरीका कारण ती युवक विमानसम्म पुगेको प्रहरीको आरोप छ।


    अर्थ चाैतारी
  • बुधबार, ११ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट