logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • सांग्रिला बैंकको ११०औं शाखा बर्दियाको जयनगरमा

    सांग्रिला बैंकको ११०औं शाखा बर्दियाको जयनगरमा

    3.5K
    SHARES
    सांग्रिला बैंकको ११०औं शाखा बर्दियाको जयनगरमा

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ११० औं शाखा बर्दिया नगरपालिका वडा नं.६ जयनगर (मगरागढी) मा संचालनमा ल्याएको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्यले जयनगरमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।



    शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु (कबिर) र बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईद्वारा गरिएको हो । बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । साथै, बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य स्थानहरुमा थप शाखा कार्यालय विस्तार गर्ने योजनासमेत बनाएको जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट