images

एनसेलको नयाँ अल टाइम डेटा प्याक

  • March 4, 2022

काठमाडौं । एनसेलले ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ। यसका साथै नन्स्टप यूट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम सोही शुल्कमा दोब्बर प्रदान गरिने पनि कम्पनीले जनाएको छ।

नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले कर सहित मात्र रु १२५ मा सुचारु गर्न सक्छन्। त्यस्तै नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले करसहित मात्र रु १४७ मा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँछन्। पहिला ग्राहकले यस यूट्युब प्याकमा यही मुल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए अब यो भोलुम बढेर ४ जीबी भएको पनि एनसेलले जनाएको छ।

images

यी प्याकहरु मंगलबार ९फागुन १७० बाट सञ्चालनमा ल्याइएका हुन्। ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक सुचारु गर्न सक्छन्। त्यस्तै ग्राहकले नन्स्टप यूट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ् डेटा बण्डल पनि एष्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सूचारु गर्न सक्छन्।

ग्राहकले एनसेलको एप तथा वेबसाइट मार्फत पनि यी प्याकहरु खरिद गर्न सकिने एनसेलले जनाएको छ। यी प्याकहरु सूचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ।