काठमाडौं । पहिलो पटक सहकारी संघ संस्थाहरुले पनि आफ्नै नाममा एटीएम कार्ड जारी गर्न पाउने भएका छन् । एक मात्र राष्ट्रिय सहकारी बैंक ९एनसीबीएल० को सहजिकरणमा सहकारी संघ संस्थाहरुले आफ्ना सेयर सदस्यहरुलाई एटीएम कार्ड उपलब्ध गराउन पाउने भएका हुन् । राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तथा ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी एटीएम कार्ड सेवा सुरु गर्न लागेको हो । एससीटी, ग्लोबल आइएमई र सहकारी बैंकबीच आईतबार औपचारिक सम्झौता हुदैछ ।
योसँगै सहकारी संस्थाहरुले ‘कोप कार्ड’को नाममा अब आफ्ना सदस्यहरुलाई एटिएम सेवा दिन पाउनेछन् । सहकारी संस्थाहरुले सहकारी बैंकसँग सम्झौता गरी एटिएम सेवा दिनसक्छन् भने कारोबारको सेटलमेन्ट समेत सहकारी बैंकबाटै हुनेछ । यस्तो कार्ड यूपीआई नेटवर्कमा जोडिएका जुनकुनै देश र जुनकुनै बैंकको एटीएमबाट पनि प्रयोगकर्ताले नगद झिक्न (वीथड्र) सक्ने सहकारी बैंकका सूचना तथा प्रविधि प्रमुख नविन कार्कीले जानकारी दिए । यस्तो कार्ड ग्लोबल आइएमई बैंकका सबै एटीएम बुथमा निःशुल्क प्रयोग गर्न पाइने समेत कार्कीले जनाकारी दिए ।
यद्यपि, अन्य बैंक तथा सेवा प्रदायक कम्पनीसँगको कमिसन तथा एटीएमकार्डको शुल्कको विषय भने स्वयम सहकारी संघ संस्थाहरुलाई स्वनिर्णयको अधिकार दिइएको कार्कीले बताए । कोप कार्डका लागि आज त्रिपक्ष सम्झौता भएपनि कार्ड भने करिब तीन महिनापछि मात्र उपलब्ध हुनेछ । हाल सहकारी संस्थाहरुले एससिटिसँग सम्झौता गरी एटिएम सेवा दिएपनि हिमालयन बैंकमा सेटलमेन्ट हुने भएकाले सहकारी संस्थाहरुले निश्चित रकम बैंकको खातामा राख्नुपर्ने बाध्यता थियो । सहकारी बैंकले सुरु गरेको सेवाबाट सहकारी संस्था र संस्थाका सदस्यहरुका लागि समेत सस्तो पर्ने बैंकले जनाएको छ ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times