logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय

    प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय

    351
    SHARES
    प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय

    काठमाण्डौ । प्रतिनिधिसभाको शुक्रबार आह्वान भएको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । महासचिव पद्मप्रसाद पाण्डेद्वारा हस्ताक्षरित सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू र महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गर्ने उल्लेख छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३’ सदनमा पेस गर्नेछिन् ।



    बैठकमा कानूनमन्त्री गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पेस गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। त्यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत गर्नेछन् ।

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गर्नेछिन् । साथै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ।

    बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरू पारित गर्ने कार्यसूची पनि छन् । अर्थमन्त्री डा.वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् ।

    730258408_1551208166546151_7935790975416646636_n


    अर्थ चाैतारी
  • विहिबार, ११ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट