ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” मार्फत् नेपाल आइडलमा भोटिङ गर्न सकिने

  • फाल्गुन २४ २०७८, मंगलवार

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल सिजन–४’ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्न सक्नेछन् ।

बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई “विजयी भव” भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको छ ।

images

बैंकको ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि रहेका छन् । त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

images