logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’, प्रतिमिनेट ५१ पैसामै कुरा गर्न सकिने

    एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’, प्रतिमिनेट ५१ पैसामै कुरा गर्न सकिने

    8.5K
    SHARES
    एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’, प्रतिमिनेट ५१ पैसामै कुरा गर्न सकिने

    काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन्। एनसेल आजियाटा लिमिटेडले यसका लागि ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ।



    यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन्। यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याक उपलब्ध छन्। सोमबारदेखि सञ्चालनमा आएको यो अफर अन्तर्गत ग्राहकले कर सहित रु। १४ देखि रु। ३८५ सम्म शुल्क पर्ने विभिन्न एक दिन, तीन दिन, सात दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

    ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित १४ रुपैयाँमा लिन सक्छन् भने तीन दिन समयसीमा रहेको ६५ मिनेट टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन्। त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ। प्रिपेड ग्राहकले ८१७११८८३३ डायल गरी आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गर्न सक्ने जनाइएको छ।

    अलि धेरै समयसीमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक उपलब्ध छ। यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेका दुईवटा अन्य प्याक पनि छन्, जसअन्तर्गत ग्राहकले २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन्।


    अर्थ चाैतारी
  • बुधबार, २५ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट