logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • छायाँदेवी कम्प्लेक्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    छायाँदेवी कम्प्लेक्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    5.8K
    SHARES
    छायाँदेवी कम्प्लेक्सले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । छायाँदेवी कम्प्लेक्सले सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने भएको छ । यसका लागि आइतबार सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ ।



    आइतबार भएको सम्झौता सम्झौतामा छायाँदेवी कम्प्लेक्स लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका छन् । कम्पनीले हाल काठमाण्डौको प्रमुख व्यापारिक स्थान ठमेलमा पाँच तारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

    छायाँ देवी कम्पलेक्स लिमिटेडको कूल निर्माण क्षेत्र करिब ३ लाख ५० हजार वर्ग फिटभन्दा बढी छ । जस अन्तर्गत २०० वटा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका रिटेल स्टोरका साथै सिनेमा चेन क्युएफएक्स तथा अन्तराष्ट्रिय नेटवर्क भएको पाँचतारे होटल ‘दि एलोफ्ट’ सञ्चालन भइरहेको छ ।

    विदेशी पर्यटकहरुका लागि अति नै लोकप्रिय रहेको ठमेलको मध्यभागमा अवस्थित रहेको छायाँ देवी कम्पलेक्स लिमिटेड नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्समध्येको एक हो । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट