logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • चैत ३० साल्ट ट्रेडिङको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    चैत ३० साल्ट ट्रेडिङको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    2.2K
    SHARES
    चैत ३० साल्ट ट्रेडिङको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५५ औँ वार्षिक साधारणसभा डोकेको छ।



    कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

    सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत पनि पारित गर्नेछ। सभा प्रयोजनका लागि कम्पनीले यही चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • मंगलबार, ८ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved