logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

    इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

    7.4K
    SHARES
    इजेड रेमिट र ईसेवा मनि ट्रान्सफरबीच सम्झौता

    काठमाडौं । इसेवा मनि ट्रान्सफर र  बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो  सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा विश्वका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिने भएको छ ।



    सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सि।ई।ओ, मुजाहिद मलिकले हस्ताक्षर गरे । सि.इ.ओ, अजेस कोइरालाले इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा खुसी लागेको बताए ।

    ‘यस रेमिट्यान्स सम्झौता मार्फत इसेवा मनी ट्रान्सफरले नेपालीहरुलाई आफ्नो परिवारसँग जोड्ने कुरामा हामी विश्वस्त छौँ र यसैगरी सकेसम्म धेरै विदेश गएका नेपालीहरुलाई डिजिटल रेमिट्यान्सको माध्यमबाट सस्तो, छिटो र भरपर्दो सेवा प्रदान गर्दै आफ्नो घर–परिवारसम्म जोड्न हामी निरन्तर लागि रहने छौँ’, उनले भने ।


    अर्थ चाैतारी
  • विहिबार, १० चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट