images
images

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने

  • चैत्र १० २०७८, बिहीबार
images

काठमाण्डौ । खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा रू। १०० बोनस पाउने अफर ल्याएको छ। यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरी अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन्। तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न प्रयोगकर्ताले आफ्नो प्थ्ऋ प्रमाणित गर्नुपर्छ। चैत ९ गतेदेखि सुरु भएको यो अफर वैशाख ८ गतेसम्म चल्ने छ। प्रयोगकर्ताहरूले एक पटक खल्तीमा बैंक लिंक गरिसकेपछि पैसा लोड नगरी केही सेकेन्डमै भुक्तानी र बैंक ट्रान्सफर गर्न सक्नेछन्। यसले सबैलाई तुरुन्तै विद्युत, पानी, इन्टरनेट, राजस्व र अन्य उपलब्ध सेवाहरूको झन्झटमुक्त भुक्तानी गर्न सक्नेछन्।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘‘खल्ती’ मा घरी घरी पैसा राख्ने झन्झटबाट मुक्त गर्न बैंक लिंक सुविधा फाइदाजनक छ। यही कारण यो सुविधा प्रयोग गर्न प्रोत्साहन गर्न दोस्रो पटक यो अफर ल्याएका हौँ। हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो सुविधा पूर्ण रूपमा प्रयोग गर्न र उनीहरूको समय बचत गर्न प्रोत्साहित गर्न चाहन्छौँ।’ ‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको कम्पनीको दाबी छ। खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तैः मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

images